सुचना तथा समाचारः
इस्मा गाउँपालिकाको सन्क्षिप्त परिचय
संघिय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था रहेको दक्षिण एसियाली भूपरिवेष्ठीत प्राकृतिक, सांस्कृतिक, जातिय, धार्मिक एवं राजनीतिक विविधता विचको एकता भएको सुन्दर देश नेपालको ५ नं. प्रदेश अन्तरगत गुल्मी जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित इस्मा गाउँपालिका ऐतिहासिक पृष्ठमूमिवाट नामाकरण भएको क्षेत्र हो । वाईसे चौविसे राज्यहरु अन्तरगत इस्मा प्रारम्भमा ७०० कुरिया र २४ मौजाले वनेको थियो । शुरुवाति समयमा यस राज्यमा अज्र्याल जातीको शासन रहेको थियो भने गोरखा राज्यमा विलय हुनुपुर्व ठकुरी जातिको शासन रहेको इतिहासमा पाउन सकिन्छ । वि.सं. २०७२ साल असोज ४ गते इस्मा राज्य गोरखा राज्यमा विलय भएको थियो ।
वि.सं. २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानले व्यवस्था गरेको स्थानिय सरकारको अवधारणा वमोजिम ७५३ स्थानिय तह मध्ये इस्मा गाउपालिका पनि एक हो । यस गाउपालिकाको पुर्वमा मुसिकोट र रेसुङ्गा नगरपालिका, दक्षिणमा धुर्कोट गाउपालिका, पश्चिममा धुर्कोट र मालिका गाउपालिका र उत्तरमा मुसिकोट नगरपालिका रहेका छन् । यस गाउँपालिकामा ६ वटा वडाहरु रकेका छन् । जसमा साबिकको हस्तिचौर गा.वि.स. लाई २ वटा वडा १ र २ मा विभाजन गरिएको छ भने दर्लामचौर, दोहोली, इस्मा रजस्थल, अमरपुर गा.वि.स. हरुलाई क्रमश ३,४,५,६ वडाहरुमा विभाजन गरिएको छ ।
यस गाउँपालिकाको कुल क्षेत्रफल ८१.८८ वर्ग कि.मी. रहेको छ भने यहाँको जनसंख्या महिला १२०५६ र पुरुष ८९०८ गरि जम्मा २०९६४(श्रोत के.त.वि.) रहेको छ । यसको औषत उचाई समुन्द्री सतहवाट १५०० मी रहेको छ । साविक इस्मा रजस्थल गा.वि.स.को कार्यालय रहेको स्थानमा अस्थायि कार्यालय स्थापना गरी दैनिक सेवा प्रवाह गरिरहेको छ ।
वडा अध्यक्ष विवरण
वार्ड नं. | नाम थर | सम्पर्क नं. |
---|---|---|
वार्ड न. १ हस्तिचौर | चुरा बहादुर खत्री | ९८५७०७२१०२ |
वार्ड न. २ हस्तिचौर | टिका बहादुर रेश्मी | ९८५७०७२१०१ |
वार्ड न. ३ दर्लामचौर | तोयनाथ शर्मा | ९८५७०७२१०३ |
वार्ड न. ४ दोहली | गनु प्रसाद अधिकारी | ९८५७०७२१०४ |
वार्ड न. ५ इस्मा रजस्थल | कलानिधि भण्डारी | ९८५७०७२१०५ |
वार्ड न. ६ अमरपुर | हिरा बहादुर जी.सी. | ९८५७०७२१०६ |